नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानाको पक्षमा उभिने निर्णय गरेको छ । आज पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी उपसमहासचिव राजकुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै आजको बैठकले सात वटै प्रदेशमा आगामी मंसिरसम्म महाधिवेशन गरिसक्ने निर्णय समेत गरेको छ । आजको बैठकमा पार्टीका असन्तुष्ट पक्षहरुको विषयमा समेत छलफल गरेको छ । साथै उनीहरुसँग निरन्तर छलफल भइरहेको पार्टी उपमहासचिव राजकुमार भट्टराईले जानकारी दिए ।
संवैधानिक परिषद्मा बहुमत नपुग्ने भउसँगै सत्तारुढ गठबन्धनले उपसभामुख रानालाई हटाउने तयारी गरेको छ । सत्तारुढ दलहरु एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र एकीकृत समाजवादी लगायतका दलहरु उपसभामुखको पक्षमा उभिने भएका हुन् ।