Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पर्यटन बोर्डको सीईओ नियुक्तिमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओ दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदाहुँदै पन्छाएको दाबी गर्दै तत्कालीन सीईओ डा. धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम कारवाही गर्न भने रोकिने छैन ।