Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसदमा माओवादी केन्द्रको अवरोध

‘हिंसा शब्द असंसदीय हैन, रेकर्डबाट हटाउन पर्दैन’

सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको भाषण सभामुख देवराज घिमिरेले नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले संसद बैठक अवरोध गरेको छ ।

आज बुधबारको बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए । माओवादी केन्द्रका सांसदहरुले सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाएका थिए । ‘यो शब्द संविधानको कुन चाँहि धारा, उपधारामा छ?’ उनले प्रश्न गरे । उनले आफ्नो पार्टी बहस गर्न तयार भएको समेत सुनाए ।

‘हिंसा शब्द असंसदीय हैन, रेकर्डबाट हटाउन पर्दैन’
सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे । भदांँ १२ गतेको संसदको बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । यसपपछि सदन निरन्तर घोपेच चलेको थियो ।

त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।