Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत 'आधारभूत शिक्षा तथा साक्षरता' कार्यक्रम

नेपालमा अग्रणी जीवन बीमा कम्पनीको रुपमा सेवा दिदै आइरहेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडलेसंस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने“आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्था बीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष श्री रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष श्री राजेन्द्र मान शेरचनले हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक श्री भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।

WhatsApp Image 2024-09-09 at 11.46.11 (1).jpeg

सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने TEACH कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । साथै “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गर्नुभएको छ ।