Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं आएका नवाजुद्दिन सिद्धिकीले नेपाली चलचित्रबारे के भने? (भिडियो)

 भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन्।

सोमवार काठमाडौंमा अन्तर क्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन्। उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए।

उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरू आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे। 

उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरू आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनै पनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन्। त्यसले एउटा माहोल बन्छ। अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरू आउँछन्। जो अहिले पनि छन्। अब उनीहरूले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरूले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन्।’

अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए।