Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।