Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।

सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, २०८१) सम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी“ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

दराज नेपालको ९.९ अभियानबारे थप जानकारीको लागि www.daraz.com.np र दराज नेपालको फेसबुक पेजमा हेर्न सकिनेछ ।

दराज ग्रुपका बारेमा

सन् २०१५ मा स्थापित, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्ल्याटफर्म “दराज”, नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ । ५ सय मिलियन जनसंख्या सहित द्रुत गतिमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता तथा उपभोक्ताहरूलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ ।

ई–कमर्स, उत्पादनको ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले अदृतीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्यको शक्ति मार्फत दक्षिण एसियाली समुदायहरूलाई नै समृद्धिपथमा लैजाने लक्ष्य बोकेको छ ।