Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।