Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

सरकारविरुद्ध एक दर्जन निर्जीवन बीमा कम्पनीले दर्ता गरे सर्वोच्चमा रिट

कोरोना बीमा बापतको रकम भुक्तानी माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।नेपाल बीमा संघ र १२ निर्जीवन बिमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीका लागि सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ । यसअघि भएको सहमति अनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेको हो । संघले रिटमा रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेशको पनि माग गरेको छ । 

कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसका लागि सरकारले पनि भुक्तानी दिएको छैन । कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारको भएको संघको दाबी छ ।