Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिने स्थिति छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।आज (शनिबार) काठमाडौंमा २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए ।

अर्थतन्त्रलाई अघि बढाउन सके मात्रै कर्मचारीको पारिश्रमिक र सुविधा बढाउन सकिने बताए । ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ,’ उनले थपे, ‘अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको पनि बताए । नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई आफूले ‘केही नगरिकनको बहादुरी’ का रुपमा लिने गरिएको बताए ।