Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय

मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राज्य अमेरिका भ्रमणलाई स्वीकृतसमेत गरेको छ। आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्नसमेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरुको तेस्रो बैठक आगामी २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रश्ताव पनि स्वीकृत गरेको छ। मन्त्रीपरिषद् बैठकले एशियाली विकास बैकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिव १५ अर्व २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी संचय कोषको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनित गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताए। 

undefinedundefined

undefined