Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

६ महिनापछि निजामती विधेयकमाथि छलफल

संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज बिहीवारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । २१ फागुन २०८० मा संसदमा दर्ता भएको विधेयक करिब छ महिनापछि समितिमा छलफलका लागि अघि बढेको हो ।

विधेयकमाथि आज सैद्धान्तिक छलफल हुनेछ भने यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने बताइएको छ । विधेयकमाथि १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । मुलुक सङ्घीयता प्रणालीमा गएको वर्षौ भई सक्दा पनि सिङ्गो सार्वजनिक प्रशासन तथा स्थायी सरकार समेत भनिने कर्मचारीको कानुन ल्याउन नसकेको भन्दै राजनीतिज्ञहरूको चर्को आलोचना हुने गरेको छ ।

पछिल्लो समय राजनीतिक नेतृत्व तथा कर्मचारी नेतृत्वले ऐनलाई प्राथमिकता दिने बताएसँगै जुन कुनै रूपमा पनि आउन सक्ने झिनो आशा कर्मचारीले राखेका छन् ।