Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्छः सांसद मोदी

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नोबेल शान्ति पुरस्कार दिइनु पर्ने माग गरेका छन् । 

आज मंगलबार  प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान राम जस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन् । 

‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नु भयो । राम जस्तै उहाँलाई जनक भनिनु पर्छ, शान्तिका लागि अथक प्रयास गर्नु भएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’ उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे ।