Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।