Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. छ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ९५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।