Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मेरो कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन् ।

क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू समय भन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

‘मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु । अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिला १५ दिन बाँकी छ । त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु । बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ,’ उनले भने । राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्य मात्रै भएको बताएका छन् ।