Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन रेकर्ड राखेको सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।