Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्रीद्वारा नेपालमा पहिलोपटक ल्याएको 'हाइड्रोजन कार'को शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको  धुलिखेलस्थित काठमाडौँ विश्व विद्यालयले नेपालमा पहिलो पटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको  आज शुभारम्भ गरेका छन् ।

Photo (2).jpeg

विश्व विद्यालयको २९ औं दीक्षान्तअघि  सो 'हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्व विद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो । 

Photo (3).jpeg

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।