Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको  प्रतिमा अनावरण

प्रधानमन्त्री एवं  नेकपा (एमाले) अध्यक्ष केपी  शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् । 

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।

कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।