नेपाली बजारमा आज बिहीबार सुनको मूल्य हालसम्मकै महँगो भएको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।