Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छुः परराष्ट्रमन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । गौरा पर्व मनाउन आज धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको बताए ।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले सो धारणा राखेका छन् । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको उनले जानकारी गरा ।

मन्त्री डा राणाले भने, “केही वर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफा लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाउने छौँ ।”