Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कुलमानलाई हटाउनु पर्ने कुनै कारण छैन

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । आज बुधबार निर्माणाधीन  मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न पुगेको मन्त्री खड्काले यस्तो बताएका हुन् ।

‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नु पर्छ, कुलमानले राम्रो काम गर्नु भएको छ, उहाँलाई सरकारले हटाउनु पर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने । कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री खड्काले सरकारले कुलमानलाई हटाउनेबारे कुनै तयारी नगरेको पनि बताएका छन् ।

‘सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ , कुलमानप्रति सरकारले कुनै धारणा बनाएको छैन’, उनले भने । मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको भन्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताएका छन् । उनले आफू उर्जा मन्त्रालयमा भ्रष्टाचारको विषयमा निर्मम ढंगले प्रस्तुत भएको बताए ।