Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुन अहिलेसम्मकै महँगो, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, भदौ ५ गते एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला ८०० रुपैयाँमा बढेर आज कारोबार भएको हो । मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।