जोन्सेन ब्रान्डको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङले जोन्सेन ब्रान्डका मोटरसाइकल र स्कुटर लन्च गरेको छ। स्यामुकापु ट्रेडिङले जोन्सेनका ९ मोडल लन्च गरेको छ। जसअन्तर्गत इन्ट्री लेबलमा ११९.६ सीसीको ZS125-17A (YEMI)देखि टप–अफ–द–लाइन २५० सीसीको ZS200GY-4 पर्दछन्।
सम्पूर्ण मोडलहरू स्यामुकापु ट्रेडिङको विराटनगर, वीरगन्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवलमा रहेका आधिकारिक शोरुमहरूमा उपलब्ध छन्। साथै कम्पनीले ग्राहकका लागि आकर्षक प्याकेज समेत उपलब्ध गराएको छ। जसअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा दुई वर्षको वारेन्टी, ६ पटकसम्म निःशुल्क सर्भिसिङ सेवा र हेल्मेट पर्छ।
८० भन्दा बढी देशहरूमा उपस्थिति भएको चीनको अग्रणी मोटरसाइकल निर्माता जोन्सेनले आफ्नो गुणस्तर र नवीनतालाई नेपाली बजारमा ल्याएको हो। नेपालको भौगोलिक विविधतालाई मध्यनजर गर्दै ग्राहकको आकांक्षा र आवश्यकतालाई पूरा गर्ने उद्देश्य रहेको छ।
