Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन् । आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए ।

उनले अब जे पनि चल्दैन भन्ने कुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए । हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत देखिएको बताए ।

उनले भने, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्ने कुरा जुन शुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप शुरु भएको छ । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन् । अब जनताले हरेक चिज हेरिरहेका छन् । सच्चिनु र सुध्रिनु बाहेक केही छ्रैन । दुई तिहाईको सरकारलाई यो भन्दा ठूलो घण्टी अरु बज्दैन । ढाकछोप गर्नेतिर जानु भएन ।’ सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराए ।