Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

काठमाडौं बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो ।

शंखमुलस्थित टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौ‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । 

उनलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि बचाउन नसकिएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।