सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वोच्च अदालतले पछिल्लो दिनमा गरेका फैसलाहरू गम्भीर प्रकृतिका रहेको टिप्पणी गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक नेतृत्वलाई अरु कुनै प्रकारको दवाव दिन खेल भइरहेको आशंका भइरहेका बेला सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम सर्वोच्चको फैसलाहरू आइरहेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘पछिल्ला दिनमा अदालतबाट भएका फैसला सामान्य छैनन् । कर्मचारीलाई तलब बढाउन दिएको आदेश मुलुकको अर्थतन्त्रले धान्नै सम्भव छैन, प्रहरीमा ३० बर्षे अवधि नहटाउन दिएको आदेशले प्रहरीमा उथलपुथल मात्र ल्याएको छैन, कार्यकारीको हात बाँधेको छ ।’
उनले भनेका छन्, ‘राष्ट्रिय परिचयपत्र लागू नगर्न दिइएको आदेशले सरकारको ठूलो लगानीलाई निकम्मा सावित गरेको छ । कतिपय निर्णयका विरुद्धमा सरकार ‘भ्याकेट’ मा जाने पनि सुनिएको छ । हरेक फैसला यही देशमा लागू हुने हुन्, न्यायाधीश पनि यही समाजका सदस्य हुन् । राजनीतिक नेतृत्वलाई अरु कुनै प्रकारको दवाव दिन खेल भइरहेको आशंका भइरहेको बेला सरकारलाई अप्ठेरो पर्ने गरी धमाधम निर्णयहरु आइरहेका छन् ।’
पछिल्ला दिनमा अदालतबाट भएका फैसला सामान्य छैनन् । कर्मचारीलाई तलब बढाउन दिएको आदेश मुलुकको अर्थतन्त्रले धान्नै सम्भव छैन, प्रहरीमा ३० बर्षे अवधि नहटाउन दिएको आदेशले प्रहरीमा उथलपुथल मात्र ल्याएको छैन, कार्यकारीको हात बाँधेको छ । त्ससैगरी, राष्ट्रिय परिचयपत्र लागू नगर्न दिइएको…
— Bishnu Rijal (@bishnurijal1) August 26, 2024