Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भैइरहेको छ ।