Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

चार करोडको कोकिन बोकेर आउने विदेशी काठमाडौंमा ‘कर्‍यापझ्याप’

काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् ।  आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौनाभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ । 

अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । निज उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।