Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव आज आइतबार विहान मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवलाई जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत भेटिएको हो । उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडक भन्दा तल मृत अवस्थामा भेटिएको हो । 

उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।