Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’ मा राखेको छ । 

तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिए ।

सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । ‘प्रदर्शनीमा हस्तकला, साना तथा घरेलु उद्योगबाट उत्पादित ढाका सरसफाइलगायत दैनिक उपभोगका  सामग्रीको कारोबार उत्साहजनक छ ।’ सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताइन् ।