Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

हलेसीबाट काठमाडौँ आइरहेको कार सुनकोशीमा खस्यो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।