प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहेका छन् । बैठक आज सम्पन्न हुनेछ । यसअघि बागमती प्रदेशको बैठक बसेको थियो ।
असोज पहिलो साता केन्द्रीय कमिटी बैठककको तयारी गरेको माओवादी केन्द्रले विभिन्न प्रदेशमा पार्टीबारे नेता, कार्यकर्ताको धारणा बुझ्ने कोशिस गरिरहेको छ ।