Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

साताको अन्तिम दिन पनि ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ८३० रुपैयाँमा किनबेच भएको छ।