भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुससँग युद्धरत मुलुक युक्रेन पुगेका छन् । उनी पोल्यान्ड हुँदै शुक्रबार युक्रेनको राजधानी किभ पुगेका हुन् ।
रुस र युक्रेनबीचको युद्धका कारण सुरक्षालाई मध्यनजर गर्दै मोदी ट्रेनमार्फत् पोल्यान्ड पुगेका थिए ।मोदीले युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
जेलेन्स्कीसँगको भेटअघि उनले पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको कुराकानीमा भारत शान्ति र स्थिरता बहालका लागि हर सम्भव तयार रहेको बताएका थिए ।
कुनै पनि समस्याको समाधान युद्धको मैदानबाट गर्न नसकिने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । युक्रेन यात्राभन्दा झण्डै डेढ महिना अघि उनले रूसको भ्रमण गरेका थिए ।
Reached Kyiv earlier this morning. The Indian community accorded a very warm welcome. pic.twitter.com/oYEV71BTlv
— Narendra Modi (@narendramodi) August 23, 2024