नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन वटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ ।
जस अन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ। क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक पेज ttps://www.facebook.com/profile.php?id=61559338062381 र इन्स्टाग्राम पेज https://www.instagram.com/kaiyinepal_lem/ रहेको छ।
सहभागीमध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्नेछन् । केइ नेपालको सोसियल मिडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्ने छन् । यो क्याम्पेन भाद्र १० गतेसम्म चल्ने छ । आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं H-16 मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुबारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गर्दछ ।