Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेको छः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन् ।  

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी सम्बन्धमा नयाँ कानून बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताएका हुन् ।

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दावी छ ।  वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ ।

उनले राजनीतिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशीता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ  रहेको थियो ।