Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज कुन विदेशी मुद्राको मूल्य कति?

आज बिहीबारका लागि नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयमा अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको दर बढेको छ ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।