Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिविका पदाधिकारीलाई टेलिफोनमार्फत धम्की!, शिक्षामन्त्री विद्या भट्टराईले मागिन् सुरक्षा

शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की आएको भन्दै सुरक्षा माग गरेकी छन् ।

उनले केही दिनयता त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि टेलिफोनमार्फत धम्की आइरहेको बताएकी छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिँगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

आवश्यक सुझाव दिनेहरुप्रति आभार व्यक्त गर्दै उनले भनेकी छन्, ‘मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो । कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’