देउवालाई ३२ बर्षअघि लगेको पुस्तक फिर्ता गर्न आग्रह
नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ । त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ । अरु पार्टीको खिलाप हुँदै होइन । यो सोच/विचार नै गरिएको सहमति हो ।’ साथै उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए । प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे । साथै उनले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।
‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला । धन्यवाद दिन चाहन्छु’, देउवाले भने । कार्यक्रममा देउवा भन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन् ।
सभापति देउवालाई ३२ बर्षअघि लगेको पुस्तक फिर्ता गर्न आग्रह
काठमाडौँ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ३२ बर्षअघि लगेको एउटा पुस्तक फिर्ता नगरेको विषयले चर्चा पाएको छ । काठमाडौँको बत्तीपुतलीमा आयोजित स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृति सभामा अभियन्ता भारती सिलवालले कांग्रेस सभापति देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेपछि अधिकांश वक्ताले सोही विषयलाई लिएर देउवाको व्यङ्ग्य गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारती सिलवाल गिरिले कांग्रेसका सभापति देउवा पढ्ने व्यक्ति भएको सन्देश दिन खोजेको भन्दै व्यङ्ग्य गरे । पोखरेलले स्व. प्रदीप गिरिकी पत्नी भारतीले ३२ वर्षअघि देउवाले पुस्तक लगेपनि फिर्ता नगरेको आरोप लगाएकी थिइन् सोही प्रसंगमा सम्बन्धित रहेर उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘आज भन्दा ३२ वर्षअघि प्रमुख अतिथिजीले उहाँबाट एउटा किताब लिएर जानुभएछ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो मलाई लागेन । उहाँले बढो जोडका साथ भन्नुभयो तर पुस्तक पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन् । त्यसले दुई सन्देश देखेको छु । एउटा नेपालका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा, राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे.कृष्णमूर्तीको जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’
सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी थिइन् । उनले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् ।उनले भनिन्,‘मेरो एउटा किताब जयकृष्णमूर्तिको हातमा लिएर जान थाल्नुभयो मेरो अनुमतिविना । के थियो त्यसको नाम याद छ शेरबहादुरजी तपाईंलाई ?’ उनले आफू ३२ वर्ष अगाडिको किताबको प्रतिक्षामा रहेको बताइन् ।