Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सिटिजन्स बैंकद्धारा 'हजुरको प्रगतिको सहयात्री' नामक भिडियो प्रतियोगिताका उत्कृष्ट तीन बिजेतालाई पुरस्कार प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस(#partnerforprogress) र हजुरको प्रगतिको सहयात्री नामक भिडियो प्रतियोगिताका उत्कृष्ट तीन बिजेतालाई पुरस्कार प्रदान गरेको छ ।

विगत १८ वर्ष देखी अनवरत रुपमा सर्वसाधारणलाई गुणस्तरिय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस(#partnerforprogress) र हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ज्यूले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गर्नुभएको छ । उत्कृष्ट हुनु भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५०,००० रु ३०,००० र रु २०,००० प्रदान गरिएको छ ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकैनै महत्वपूर्ण हुने कुरा उहाँहरुले आआफ्नो भिडियो मार्फत दर्शाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।