Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच भेटवार्ता, के भयो छलफल?

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। 

सत्तासाझेदार दुई दलका शीर्ष नेताबीच केही जानकारी आदानप्रदान, राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भएको उनले जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श तथा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।'