नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण गर्न दिएको सुझावलाई गलत रुपमा प्रचार गरेको बताएका छन् ।
माओवादी रुकुम (पश्चिम ) -काठमाडौं सम्पर्क समन्याय समितिले दोस्रो जिल्ला सम्मेलनमा बोल्दै उपमहासचिव शर्माले पार्टी निर्माणका लागि आफ्नो योजनासहित दिएको सुझावलाई पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्वबाट हटाउन लागेको भन्दै झुटो प्रचार भएको बताए ।
उनले आफूलाई नयाँ पार्टी खोल्नलाई पनि सुझाव आएको टिप्पणी गरे । उनले आफूलाई नयाँ पार्टी दर्ता गर्न सुझाव आएको भन्दै भने, ‘मलाई नयाँ पार्टी खोल्न सुझाव आएको छ । तर म खोल्दिन, मेरो पार्टी यो नै हो । आन्दोलनमा लागेको ६ वर्षपछि कमरेड प्रचण्डसँग भेट भएको हो । आज ६१ वर्ष भयो । आजसम्म पार्टीविरुद्ध कुनै काम गरेको छैन ।’