संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर बर्मा नेपाल आएका छन् । बर्माले काठमाडौं उत्रिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् ।
शुक्रबार मध्यान्ह काठमाडौं उत्रिएका उनले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग संवाद गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले सरकारको नेतृत्व, युएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ । नेपाल भ्रमण सकेपछि उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि यो अमेरिकाबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।
एक दिने भ्रमणका लागि उनी केहि बेरअघि काठमाडौं आइपुगेका हुन् । उनलाई काठमाडौंस्थित अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।