Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अबदेखि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रम बन्दैन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शार्मा ओलीले अबदेखि प्रधानमन्त्री,मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु नबन्ने बताएका छन् । उनले अहिले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘यसपाली प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् ।’

उनले गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गरेपश्चात सरकारले यस्तो निर्णय गरेको बताएका हुन् ।

उनले भनेका छन्- ‘काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ । अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ। एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ। एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं।’

olii-1.jpg