संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज ९बिहीवार० बसेको बैठकमा भएको सभापति निर्वाचनबाट उनी निर्वाचित भएकी हुन् ।
बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।
ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसकी सांसदसमेत रहेकी नव निर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । बिहीवार साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दैछिन् ।