Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, टिआरसी विधेयकमाथि छलफल

प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । साउन २३ गते टिआरसी विधेयका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो ।

तीन दलका शीर्ष नेताहरू, प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधेयक यही अधिवेशनमा पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।