रास्वपाले संसदमा जलनसम्बन्धी गैरसरकारी विधेयक लैजाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता गर्ने भएको छ ।जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ताको तयारीमा रहेको रास्वपाले अन्तिम छलफल गरिरहेको र आजै दर्ता गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘रास्वपाले जलनसम्बन्धी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकको अन्तिम छलफल चलिरहेको छ । त्यो आज हामी टुंग्याउँछौं । अर्को, संसदको कानुन समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले टुंग्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हद म्याद राख्ने कुरा सह्य नहुने बताएको छ । मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो । बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन् ।
उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनु पर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको बताए । विद्युतको बक्यौतासम्बन्धी विषयलाई संसदमा जोडतोडका साथ उठाउने पनि उनले बताए । त्यस्तै भ्रष्टाचारमा हदम्याद राख्ने कुराको विरोध गर्ने निर्णय गरेको छ ।