Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो ।

सोमवार बिहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।