Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ वनबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।

च्याउ खाएर विरामी पर्नेहरुमा ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा रहेका छन् ।

रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएर गएराती बिरामी परेका उनीहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।